नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला काँग्रेसमा तेस्रो धार भनेर चिनिँदै आएका छन् । तेस्रो धारमै रहेर गगन थापाले पनि सिटौलाकै आशीर्वादमा मन्त्री खाएका थिए । तर एकाएक गगन थापा पौडेल क्याम्पमा आकर्षित भएर महामन्त्रीको घोषणा गरेपछि नेता सिटौला फाएर भएका छन् ।
आसन्न महाधिवेशनमा तेस्रो धार भनेर चिनिएको सिटौला खेमाले सभापति देउवालाई सहयोग गर्ने निश्चित भएको बत्ताइन्छ । सभापतिमा देउवालाईनै सहयोग गर्ने भन्दै पटक पटक सभापति शेरबहादुर देउवा सँग भेट वार्ता समेत सिटौलाले गरी सकेका छन् । देउवा सँग भेट वार्ता गर्दा अधिकांश समय गगन थापाको विरोध गर्ने गरेको स्रोत बत्ताउँछ ।
नेता सिटौला स्रोतले बताए अनुसार पटक पटक अवसर दिएर मन्त्री सम्म सिटौलाले बनाउने तर जानकारी नै नदिई खेमा परिवर्तन गरेर महामन्त्री घोषणा गर्दै हिँड्दा नेता सिटौला रुष्ट बनेका छन् ।
नेता गगन थापाको शैली पनि अवसरवादी स्पष्टै देखिएको छ । लामो समय सिटौला समूहमा रहेका थापा एकाएक सिटौला समूहबाट महाधिवेशन नजितिने भएपछि अवसर को खोजीमा खेमा परिवर्तन गर्न पुग्नुले थापा अवसर बादी भएको सिटौला समूहको बुझाई छ । काँग्रेस महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी नेता गगन थापाले घोषणा गरी सकेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।