शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काठमाडौंमा आजदेखि मेला, महोत्सव तथा सभा–जुलुस गर्न रोक


  • बिहिबार, असोज १४ २०७८
6.1K
SHARES

फाइल तस्बिर

जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेशमा  घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ।

अर्को आदेश नभए सम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो। कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा