सरकारले प्रमुख विपक्षी नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको बताएको छ आरोप लगाएसंगै किन संवादबाट भाग्न खोज्यो भन्ने प्रश्न उठेको छ । आज सरकारले बोलाएको सर्वदलीय बैठकमा एमाले गएन ।
संसदको अवरोध हटाउन विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बोलाएको सर्वदलीय बैठकमा एमाले नेताहरु अनुपस्थित भएका थिए ।
२३ भदौमा सुरु भएको संसद अधिवेशनमा एमालेले नाराबाजी गर्दै आएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाउँदै आएको छ ।
संसदमा अवरुद्ध गरेको दल नै सर्वदलीय बैठकमा नआएको भन्दै सरकारका प्रवक्ता एवम् कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘उहाँहरु सम्वाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ, जुन मुलुकको आवश्यकता भन्दा भिन्न छ ।’
सर्वदलीय बैठकमा सहभागी दलहरुले संसदलाई निर्वाध र मर्यादित हिसाबले अगाडि बढाउन सकारात्मक भूमिका खेल्न विपक्षी दलका नेता केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
एमाले बैठकमा सहभागी नहुनुको कारण पार्टीले कारबाही गरेका सांसद हरूलाई सभामुखले कारबाही नगरेर एमाले फुटाउन भूमिका खेलेको आरोप लएको छ । एमालेले सभामुखले मार्ग प्रशस्त गर्नु पर्ने माग समेत गर्दै आएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।