शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एकाएक माधव नेपाल प्रति आगो ओकल्दै मुख्यमन्त्री शाक्य, के सम्म भनिन ?


  • बिहिबार, असोज १४ २०७८
7.5K
SHARES

फाईल तस्बिर

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदभन्दा पार्टी ठुलो रहेको बताउँदै माधव नेपालले पार्टी फुटाउनु गलत रहेको बताएकी छन् ।

बिगतमा माधव नेपाल एमाले पार्टीमै रहँदा माधव नेपालको सबैभन्दा नजिक रहेर पार्टी अध्यक्ष केपी ओलीको सबैभन्दा धेरै विरोध गरेकी मुख्यमन्त्री शाक्य एकाएक अहिले ओलीले बागमती प्रदेशको मुख्यमन्त्री बनाएपछि माधव नेपालले गलत काम गरेको दाबी गरेकी छन् ।

फुट कुनै पनि हालतमा राम्रो काम नभएको बताउँदै शाक्यले यसको जवाफ जनताले दिने बताएकी छन्  । नुवाकोटमा बुधबार आयोजित एमाले कार्यकर्ता भेलाको उद्घाटन गर्दै एमाले उपाध्यक्षसमेत रहेकी मुख्यमन्त्री शाक्यले आफू सदैव पार्टी एकताको पक्षमा रहेको दाबी गरिन्।

उनले भनिन जुट्नु अहिलेको आवश्यकता हो  तर फुट्नेलाई सहयोग गर्न सकिँदैन ।  सरकार बनाउन सहयोग गर्ने भन्ने कुरा त झन् कुनै हालतमा सम्भव छैन ।

असन्तुष्टिहरूलाई कमजोरीको रूपमा लिएर एमाले टुक्राउनेहरूलाई इतिहासले जवाफ दिने र जनताबाट नाङ्गिने उनको भनाई छ । पार्टीमा केही बेमेल छन् तर आफू पार्टी फुटको जहिल्यै विपक्षमा रहेको उनको भनाई छ । फुटलाई मेरो सहयोग हुने कुरा छैन ।

जुटेर जनताको सेवा गर्नुपर्ने बेलामा फुटेर माधव नेपालले गलत काम गरेको उनको ठम्याई छ ।  उनी अझै अगाडि भन्छिन माधव नेपालको  नियत आफ्नो घर भत्काएर अरूको घर बनाउने देखियो, यो ठिक थिएन यसको मूल्याङ्कन नेपाली जनताले गरेरै छाड्ने छन्।

माधव नेपाललाई  आफूले  फुटाउन कुनै पनि हालतमा नहुने सल्लाह दिएको र नेपाल लगायतले फुटाएर अघि बढेपछि साथ छाडेको उनको भनाई छ । अब आगामी दिनमा पार्टीलाई एकजुट बनाएर अगाडि बढाएर नेपाली जनताको मन जित्ने उनको भनाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा