शनिबार, साउन ३० २०८३
ताजा अपडेट

अख्तियारले छापा मार्ने तरिका ठिक भएन भन्दै रिसले आगो बने मुख्यमन्त्री लालबाबु राउत !


  • बिहिबार, असोज १४ २०७८
17.2K
SHARES

फाईल तस्बिर

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको आरोप लगाउँदै रुष्ट बनेका छन् । अख्तियारले छापा मार्ने तरिका ठिक नभएको भन्दै उनी रुष्ट बनेका हुन ।

‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको उजुरीका आधारमा बर्दिबासबाट खटिएको अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयबाट कागजपत्र नियन्त्रणमा लिए लगत्तै अख्तियारको छापा मार्ने ठिक नभएको टिप्पणी गरेका हुन ।

पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने, ‘जुन तरिकाबाट अख्तियारका मान्छे मुख्यमन्त्री कार्यालयमा छापा मारे  उनीहरूको नियत ठिक नभएको राउतको भनाई छ।

एकै पटक छापा मार्ने र मिडियामा भाइरल बनाउने कुरामा अरू नै तत्त्व मिलेको र छापा मार्ने तरिका ठिक नभएको उनको दाबी छ । प्रदेशलाई बदनाम गर्ने र मुख्यमन्त्रीलाई बदनाम गर्ने नियतले यो भएको हो ।’

आफूले अख्तियारको शैलीका बारेमा प्रमुख आयुक्त प्रेमकुमार राईसँग फोन गरेर आपत्ति जनाएको समेत मुख्यमन्त्री राउतले बताए । उनले साइकल कम्पनीबाटै र बजार मुल्यभन्दा सस्तोमा खरिद गरेको दावी समेत गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा