शनिबार, साउन ३० २०८३
ताजा अपडेट

माधव नेपाल अस्पताल नै पुग्ने गरी अस्वस्थ, त्रिवि शिक्षण अस्पतालमा भर्ना


  • बिहिबार, असोज १४ २०७८
8.3K
SHARES

तस्विरः फाइल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बिरामी परेका छन् । खोकी र जरो बाट ग्रसित नेपाल अस्पताल नै पुग्ने गरी बिरामी परेका हुन । भर्खरै एमाले बाट अलग भएर नयाँ दल दर्ता गरेका नेपाल पार्टीको काममा सक्रिय थिए ।

ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएका उनको निजी सचिवालयले जनाएको छ ।

‘उहाँको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाति रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको छ’ स्वकीय सचिव मोहन गौतमले भनेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा