शनिबार, साउन ३० २०८३
ताजा अपडेट

चिन्ता लिनु पर्दैन, आगामी वैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिन्छौ : उमेश श्रेष्ठ


  • बुधबार, असोज १३ २०७८
7.8K
SHARES

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरूद्धको खोप लगाईसक्ने बताएका छन्।

राज्यमन्त्री श्रेष्ठले सरकारले दशैंअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने गरी काम गरिरहेको जानकारी दिए।

विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने काम गरिरहेको बताए।

वर्तमान सरकारले आफ्नो करिब ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेको उनको भनाई छ। राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि पनि १ करोड खोप सुनिश्चित गरिएको बताए। ‘करिब ३ महिनाको अवधिमा १ करोड थप खोप लगाईसकिएको जानकारी गराउन चाहन्छु। किनभने हामीले १ करोड ७७ लाख खोप ल्याईसकेका छौं।

यो दशैंसम्म ३३ प्रतिशत जनतालाई खोप लगाईसक्ने जानकारी पनि गराउन चाहन्छु’, उनले भने, ‘हाल आएर एक दिनमा ३ लाख जनतालाई खोप लगाएका छौं। फ्रन्ट लाईनरहरुलाई खोपमा उच्च प्राथमिकता दिइएको छ । १४ वटा हिमाली जिल्लाहरुमा १८ वर्ष भन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियानलाई सुरू गरिएको छ। बालबालिकाहरुका लागि पनि १ करोड खोपको सुनिश्चित गरिएको छ।’

राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरुको उपचार निःशुल्क रूपमा गर्ने गरी सरकारी अस्पतालको सुधार गर्न सरकार लागिपरेको बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा