एमसीसी खारेजी तथा महँगी नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ ।
काठमाडौंको माइतिघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर समापन भएको थियो । प्रर्दशनकारीले अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रघाती भएको भन्दै त्यसको खारेजी गर्नुपर्ने भन्दै नारावाजी गरेका थिए ।
त्यस्तै उनीहरुले महँगी नियनत्रण गर, भष्ट्राचारीलाई कारवाही गर लगाएतका नारा लगाएका थिए ।
प्रदर्शनपछि राप्रपाले एमसीसी खारेजीका साथै महँगी नियन्त्रण गर्नुपर्नेलगायतका माग राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाएका थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।