पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन अहिलेको अबस्यकता रहेको र ताजा जनादेशमा जानुपर्ने आफ्नो धारण रहेका बताएका छन् । उनले भनेका छन् संसद बिघटर गरौ र चुनाबको घोसणा गरौ ।
मंगलबार काठमाडौंमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले प्रतिनिधिसभा चल्न सकेन सरकारले चलाउन सकेन त्यसैले निर्वाचन आवश्यक रहेको उनको जिकिर थियो ।
‘यो प्रतिनिधिसभा चलिरहेको छैन । म अहिले पनि भन्छु ताजा जनादेश आवशयक छ । मिल्नै पर्दैन वहाँहरुले नै गराए पनि हुन्छ । गठबन्ध छँदैछ मिलेर लड्छौँ भन्नु भएकै छ । यो गठबन्धले चुनाव गराए भयो नि त’ उनले भने ।
ओलीले अढाई महिनासम्म सरकार बन्न नसक्ने स्थितीमा कुनै काम नहुने समेत बताए । ‘समय खेर फाल्नु हुँदै ताजा जनादेशमा गएर देशलाई गतिशिल बनाउनुपर्छ’ उनले थपे ।
उनले भने गठबन्धन सरकार लेनै चुनाव गराओस् तर गठबन्धन चुनावको कुरा गर्यो भने किन डराएको हो भन्ने कुरा नबुझेको समेत ओलीको भनाई थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।