शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

एमाले सांसदको कार्यशैली: बैठकमा नाराबाजी मात्रै गर्ने, ६६ हजार तलब बुझ्ने हिँड्ने !


  • बुधबार, असोज १३ २०७८
14.8K
SHARES

फाइल तस्विर

अहिले सङ्घीय सांसदको तलब ६६ हजार ७० रुपैयाँ रहेको छ । वर्तमान अवस्थामा नेकपा एमालेका संसद हरुले संसद् भवन भित्र नाराबाजी बाहेक कुनै जनसरोकारका मुद्दा उठाएका छैनन् । मात्र पार्टीगत स्वार्थका लागी न्वारानदेखिको बल लाएर उफ्रिएका छन् ।

नाराबाजी गरेर उफ्रिए बापत मात्रै महिनामा ६६ हजार ७० रुपया तलब बुझ्छन् । के जनताको पक्षमा सदनमा नबोल्ने नाराबाजी मात्र गर्ने अनि तलब किन लिने भन्ने प्रश्न सर्वसाधारणले गर्न थालेका छन् ।

माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीले कारवाही गरेको भनेर सभामुखलाई पत्र पठाए पनि कारवाही नगरिएपछि एमाले सांसदहरुले निरन्तर संसद अवरुद्ध पार्दै आएका छन् ।

सोमबार बसेको संसदको बैठक ६ मिनेट बसेर असोज १४ सम्मका लागि स्थगित भएको छ ।

तर, रोचक कुरा– संसद विरोध गर्ने एमाले नेताहरु भने संसदमा विरोध गरेर बैठक स्थगित भएपछि पालैपालो लाइनमा बसेर तलबका लागि हाजिर लगाएको स्रोतले जनाएको छ ।

पछि आएका एमालेका धेरै सांसदहरुले सोमबार नारा नलगाई फर्किनुपरेकोमा खुसी व्यक्त गरेको स्रोत बताउँछ । तर, तलब हाजिरमा भने विरोध गर्नेहरु नै अघिका लाइनमा देखएको स्रोतको बताउछ । संसदमा जनताका समस्या बोल्न पुगेका सांसदहरुनै नारा लाएर तलब बुझेर फर्कनु हास्यासपद भएको बिस्लेसकहरु बताउँछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा