नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगन थापा चर्चाका भोका नेता भनेर जनतामा चिनिन्छन् । चर्चाका लागि आफ्नै पार्टी सभापति तथा प्रधानमन्त्रीको समेत धुवा दार विरोधमा उत्रन्छन् ।
अस्थिर राजनीतिक धरातल भएका नेता थापा यो पटक पनि मन्त्री खान मरिहत्ते गरेर लागि परेका थिए । तर यो पटक मन्त्री देउवाले नबनाउने छाइकाट देखेपछि देउवा सर करले यो गरेन त्यो गरेन भनेर विरोध गरेका भाषण सार्वजनिक भई सकेका छन् ।
शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुँदै गर्दा मन्त्री बन्ने चर्चामा रहेका सांसद गगनकुमार थापालाई देउवाले मन्त्री नबनाउने निर्णय नै गरेका हुन् ।
पछिल्लो समय नेपाली काँग्रेसमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा रहेका नेता थापा मन्त्री बन्ने चर्चा थियो । तर पौडेलले पहिल्यौ मन्त्री भइसकेकालाई मन्त्रीमा नपठाउने नीति लिएपछि नेता थापा यो पटकको मन्त्रिमण्डलमा नपर्ने सम्भावना भएको हो ।
सिटौला समूहमा रहेका थापा पछिल्लो समय माहामन्त्री सिटौला समुहबाट नजितिने देखेपछी एकाएक पौडेल समूहमा पुगेका छन्।
प्रधानमन्त्री देउवाले सुरुमै आफू निकट नेताहरु बालकृष्ण खाडलाई गृह, ज्ञानेन्द्रबहादु कार्कीलाई अर्थ, डा नारायण खड्कालाई परराष्ट्र र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएको अबस्थामा गगन थापाको नाम मन्त्रीको लिस्टमा अट्ने संभावना नरहेको बुझिएको छ ।
देउवाको भागमा पर्ने मन्त्रीको कोटा पूरा भएको छ । अब देउवाले नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुलाई मन्त्री बनाउनु पर्नेछ । जबकी काँग्रेसले सरकारमा प्रधानमन्त्रीसहित ७ मन्त्रालय पाउने गठबन्धन भित्र सहमति भएको बताइन्छ । सो अनुसार अब काँग्रेसको भागमा ३ मन्त्री बन्ने बाएईको छ । तर नेता थापाको चान्स छैन ।
पौडेल समुहबाट सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, तेजुलाल चौधरी र राजन केसी मध्येबाट २ मन्त्री पौडेल समुहले बनाउने स्रोत बताउँछ ।सिटौला समुहबाट पनि एक मन्त्री बन्ने छन् ।
सिटौला क्याम्प थापाले छोडेको अबस्थामा सिटौलाले पनि मन्त्री गगन थापालाई बनाउने छैनन् ।
देउवा निकट स्रोतका अनुसार अनुसार बुधबार बेलुकासम्ममा मन्त्रिमण्डल बिस्तार हुने सम्बभावना रहेको छ । तर आफ्नै पर्टीको नेत्रीत्वको सरकारको बिरोध गर्ने थापा यो पटक मन्त्री नपाएने संभावना बढेको छ ।