शनिबार, साउन ९ २०८३
ताजा अपडेट

जितिया पर्वले सामाजिक सद्भाव र एकतालाई प्रवर्द्धन गर्छ : प्रधानमन्त्री


  • बुधबार, असोज १३ २०७८
6.4K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको बताएको  छन् ।​ जितिया पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संस्कृति र संस्कारमा नेपालको विशिष्ट पहिचानका विशेषता रहेको बताए ।

विविधताभित्र एकता र सामाजिक सद्भाव नेपाली सांस्कृतिक अभ्यासका उदाहरण भएको बताउँदै प्रधानमन्त्री देउवाले यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्वमध्येको एक जितिया पर्व पनि भएको उल्लेख गरे ।

यस पर्वले समस्त आमा र सन्ततिबीच माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरे ।

विविध संस्कार, संस्कृति रीतिरिवाज एवं मूल्यमान्यताले जितियालगायत पर्वको विशिष्ट महत्वलाई आत्मसात् गर्दै नेपाल सरकार यस्ता पर्वको संरक्षण र सम्वर्द्धनमा प्रतिबद्ध रहेको उनको भनाइ छ ।

जितिया पर्व मनाउने सबैलाई एकताबद्ध भई हर्षोल्लास पूर्वक मनाउन प्रधानमन्त्री देउवाको आग्रह छ । यस पर्वले आमा र सन्ततिबीचको पारस्परिक सद्भाव, मातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भनी देउवाले शुभकामना व्यक्त गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा