शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बुटवलका मेयरलाई मुक्का हान्ने युवक ५ हजार धरौटीमा रिहा


  • मंगलबार, असोज १२ २०७८
6.8K
SHARES

फाईल तस्बिर

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक गणेश पंगेनी धरौटीमा रिहा भएका छन् । पंगेनीलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी दिए ।

पंगेनीले असोज ४ गते बिहान बुटवल-३ ज्योतिनगरको पहिरो अवलोकन गर्न गएको बेला मेयर सुवेदीमाथि मुक्का हानेका थिए । प्रहरीले उनलाई सोही दिन साँझ पक्राउ गरी सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसूर अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो ।

मेयर सुवेदीलाई दुव्र्यवहार गर्ने पंगेनी बुटवलको ज्योतिनगरका पहिरो पीडित हुन् । उनी एमाले निकट अनेरास्ववियु रुपन्देहीका जिल्ला सदस्य हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा