शनिबार, साउन ९ २०८३
ताजा अपडेट

वर्तमान राजनीतिमा पानी बारा-बारको अवस्थामा ओली र प्रचण्ड, जनतामा दुई मध्य कुन नेता चर्चित ?


  • मंगलबार, असोज १२ २०७८
9.3K
SHARES

फाईल तस्बिर

नेपालको वर्तमान राजनीतिमा नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भूमिका र उपस्थिति दुवै बलियो छ ।

पछिल्लो चरण ओलीको पहलमा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि झन्डै दुई तिहाईको सरकार मुलुकमा बन्यो तर एकता भने टिक्न सकेन । अन्ततः माओवादी केन्द्र र एमालेको अवस्था पुर्बवत रूपमै  फर्कियो । कम्युनिष्ट सरकार ढलेर नयाँ गठबन्धन सरकार बन्यो ।

आम सर्वसाधारणको आफ्ना आफ्नै धारण छन् । कम्युनिस्ट सरकार ढलाउन प्रमुख भूमिका खेलेको आरोप एमाले अध्यक्ष ओलीले प्रचण्डलाई लगाएका छन् ।
उता प्रचण्डले पनि ओलीको पद लोलुपताकै कारण कम्युनिस्ट सरकार ढलेको आरोप लगाएका छन् । प्रचण्ड र ओली अहिले राजनीतिक पानी बाराबारको अवस्थामा छन् । एकले अर्कालाई आरोप प्रत्यारोप लगाएको अवस्था छ ।

ओली र प्रचण्ड दुवै कम्युनिस्ट धारका नेता हुन । उनीहरू दुबै जना मुलुकमा दुई-दुई पटक प्रधानमन्त्री भई सकेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं कम्युनिस्ट नेता पुष्पकमल दाहाल प्रचण्डले दश बर्से युद्धलाई नेतृत्व गरी शान्ति प्रक्रिया मार्फत संसदीय राजनीतिमा होमिएका हुन् । तर युद्धताका बाँडिएका सपनाहरू पुरा भने उनले गर्न सकेका छैनन् ।

ओली पनि चौध-चौध वर्ष जेल जीवन भोगेका देश र जनता प्रति लगाव भएका नेता मानिन्छन् । तर पछिल्लो समय उनमा पनि पदको अहङ्कार आफै सर्वै सर्बा जस्तो देखिने सर्वसत्ताबादी भएको र नेकपाको एकता टुटाउने एक मात्र नेता ओली नै भएको प्रचण्डको आरोप छ ।

दुवै नेताहरूको कम्युनिस्ट राजनीतिमा भूमिका हुँदा हुँदै पनि पछिल्लो राजनीतिक घटनाक्रम हेर्दा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मुलुक र जनता प्रति जनताले सोचे अनुरुपको काम गर्न नसकेको आरोप खेपेका छन् ।

दुवै नेताहरूको दबी जनतामा मेरो उपस्थिति बलियो भन्ने रहे पनि कुन नेता बलियो र कसको जनतामा धेरै फक्कड आगामी संसदीय चुनाव बाट देखिने जानकारहरूको बुझाइ छ । एमाले भन्दा माओवादी केन्द्रको फक्कड जनतामा भने  कमजोर भएको समेत आकलन गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा