शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भ्रष्ट र निर्लज्ज राजनीतिको नमुना सरकारले देखायो : कमल थापा


  • मंगलबार, असोज १२ २०७८
10.2K
SHARES

तस्विरः फाइल

राप्रपा अध्यक्ष कमल थापाले  वर्तमान सरकारले भ्रष्ट र निर्लज्जताको भ्रष्ट/निर्लज्ज राजनीतिको नमुना देखाएको टिप्पणी गरेका छन् ।

राप्रपा अध्यक्ष थापाले वर्तमान सरकार परमादेशबाट आउने त्यस्तो परमादेशबाट आएको सरकारलाई मत दिँदा पद नजाने अवस्था निर्लज्जताको पराकाष्ठा भएको टिप्पणी थियो ।

थापाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् “भ्रष्ट र निर्लज्ज राजनीतिको नमुना। परमादेशबाट प्रम नियुक्ति,त्यस्तो प्रमलाई विश्वासको मत दिँदा पद नजाने आदेश,त्यतिले नपुगेर संसद् बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश,दुई दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता। यही हो अग्रगमन,संविधानको रक्षा ” भन्दै प्रश्न गरेका छन् ।

सरकारले एमाले र जसपा फुटाएलगत्तै दल विभाजन अध्यादेश फिर्ता लिएको प्रकरणमा टिप्पणी गर्दै थापाले ट्वीटरमा आफ्ना धारण पोखेका हुन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा