शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमाले अग्लो रुख हो, पाँच दलको झारपात गठबन्धनका विरुद्ध एक्लै काफी छ : विष्ट


  • सोमबार, असोज ११ २०७८
7.2K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमाले पार्टी पाँच दलबाट बनेको गठबन्धनका विरुद्ध एक्लै काफी रहेको धारण सार्बजनिक गरेका छन् । एमाले अग्लो रुख भएको दबी गर्दै अग्लो र ठुलोलाई कसैले हल्लाउन नसक्ने सङ्केत गरेका थिए ।

आइतबार नेपाल मुस्लिम इत्तेहाद संगठनको बृहत केन्द्रीय भेलालाई सम्बोधन गर्दै विष्टले भने , ‘नेपालको राजनीतिमा एमाले जंगलको अग्लो रुखजस्तै हो । कहिले आँधी, कहिले हुरी आउने गर्छ । तर निरन्तर अडिग हुन्छ ।’

एमालेलाई कुनै तागतले हल्लाउन नसक्ने दाबी उनको थियो । विगतमा माधव नेपाल एमालेमै रहँदा नेपाल खेमामा रहेका विष्ट अहिले दश बुधेको नाममा एमालेमै अडेका छन् । अहिले उनको बोली पनि फेरिएको छ । पहिले ओलीको विरोध गर्दै आएका बिस्ट लगाएत तेस्रो धारका नेताहरूको स्वर एका एक परिवर्तन भएको छ ।

विष्टले जो बलियो हुन्छ त्यसैविरुद्ध गठबन्धन हुने भन्दै ५ दलीय गठबन्धनका लागि एमाले एक्लै भारी हुने बताए । ‘एमाले प्रकाशको ताप हो, एक्लै काफी छ, लड्ने सामर्थ्य राख्छ, विजय प्राप्त गर्दछ, एमाले यो विश्वासका साथ अघि बढिरहेको छ,’ उनले भने ।

विष्टले कम्युनिस्ट आन्दोलनमा केही असहज अवस्था आएको बताउँदै एमालेले त्यसलाई चिरेर अगाडि बढ्ने समेत बताए । एमाले अब पहिलेकै अवस्थामा फर्किएको बताउँदै आगामी निर्वाचन बाट सबैभन्दा मजबुत दल बनेर आउने समेत जिकिर गरे ।

माधव नेपाललाई पनि १० बुँदेमा टेकेर कुनै हालतमा एकतामा आउन सुझाव दिएको तर सल्लाह नै नगरि दल विभाजन गरेको विष्टले आरोप लगाए ।

‘देङ स्याओ पिङले पार्टीभित्र फरक विचार राख्दा जेल जीवन भोगेका थिए । तर माओको निधनपछि देङ स्याओ पिङको नेतृत्वमा चीनले आधुनिकता पायो । कहिलेकाहीँ विभाजनभन्दा धैर्यता बलियो हुन्छ । तर यो मर्मलाई माधव नेपालले बुझ्न चाहनुभएन ।

तत्कालीन  अवस्थामा माधव नेपालको काँध चढेर ओली उपर खनिने विष्ट अहिले दश बुधेको नाम लिएर माधव नेपाल उपर खनिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा