धेरै प्रकारका रोगहरुले जटिल समस्या पैदा नगरी आफूलाई लागेको रोगको विषयमा जानकारी हदैन । रोगले च्यापेपछि मात्रै अस्पताल धाउने परम्परा हाम्रो रहँदै आएको छ । तर रोग लागेको सुरुमै थाहा पाएर अस्पताल पुगियो भने निको चाडै हुने त छदै छ अकालमा ज्यान गुमाउनु पर्ने अवस्था बाट जोगिन सकिन्छ । आज हामी तपाईँलाई फोक्सो खराबी हुन लागेका सामान्य लक्षण हरुको बारेका जानकारी दिँदै छौ ।
छातीमा पीडा : एक महिना वा त्यसभन्दा बढी छातीमा पीडा हुनु गम्भीर रोगको संकेत हो । खोकी लाग्ने वा स्वासप्रश्वासमा समस्या भएमा छातीमा पीडा हुन्छ । यसलाई बेवास्ता नगर्नुस् ।
कफ इन्फेक्सन: र जलनबाट बच्नका लागि स्वास नलीमा कफ निर्माण हुन्छ । यदि कसैलाई एक महिनाभन्दा धेरै कफको समस्या भएमा फोक्सोमा गम्भीर रोग लागेको संकेत हुनसक्छ ।
अचानक तौल घट्नु : यदि विशेष डाइट वा वर्क आउटका कारण तौल घट्छ भने त्यसलाई सामान्य मानिन्छ । तर, अचानक तौल घट्नु शरीरभित्र ट्युमर बढ्नुको संकेत पनि हुनसक्छ ।
स्वासप्रस्वासमा परिवर्तन : यदि सास फेर्न समस्या हुन्छ भने यसको सीधा सम्बन्ध फोक्सोसँग हुन्छ । फोक्सोमा कुनै समस्या भएमा सास फेर्न मुश्किल हुन्छ । फोक्सोमा ट्युमर वा कोर्सिनोमाको कारण बनेको हावा पास हुने नलीलाई ब्लक गर्छ जसले गर्दा सास फेर्न समस्या हुन्छ ।
खोकी : लगातार ८ हप्तासम्म खोकी लाग्नु वा खकारमा रगत देखिनु शरीरमा स्वासप्रश्वास प्रणालीमा समस्या हुनु हो । यस्तो समस्या देखिएमा तुरुन्तै डाक्टरको सल्लाह लिन आवश्यक छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।