नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद् विघटन जहिले जुन टाईमा गरेनी ठिक हुने अभिब्यत्ति दिएका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले २ पटक गरेको संसद् विघटनको बचाउ गरेका छन् । आइतबारको केन्द्रीय कमिटी बैठकमा जवाफ दिने क्रममा अध्यक्ष ओलीले ताजा जनादेशमा जाने कुरा प्रतिगमन हुन नसक्ने भन्दै आफ्नो कदमको बचाउ गरेका हुन् ।
‘ताजा जनादेशमा जाने कुरा राम्रो हो, राम्रो भएकैले संसद विघटन गरिएको हो तर पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई पछार्नका लागि जुन तानावाना बुनियो’, अध्यक्ष ओलीले भने, ‘ताजा जनादेशमा जाने कुरा हिजो पनि ठिक थियो, आज पनि ठिक छ र भोलि पनि ठिक हो ।’ त्यस्तै अध्यक्ष ओलीले माओवादीसँगको पार्टी एकता सोचि विचारी नै गरेको पनि बताए ।
‘माओवादीसँगको एकता सोचिविचारी नै गरेको हो । तर त्यो एकता भंग गर्न जुन ढंगको षड्यन्त्र भयो, त्यसलाई चिर्न नसक्दा विघटन रोक्न सकिएन’, अध्यक्ष ओलीको भनाइ छ । यसअघि एमाले बैठकमा समूहगत रुपमा तीन दस्तावेजमाथि भएको छलफलमा संसद विघटन, पार्टी एकता कायम रहन नसक्नु जस्ता विषय राजनीतिक प्रतिवेदनमा प्रस्ट नआएको भन्दै प्रश्न गरेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।