शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

एमालेलाई चुनावमा जान कुनै एजेन्डा चाहिँदैन, सरकारमा हुँदा गरेका कामनै काफी छ : ओली


  • आइतबार, असोज १० २०७८
12.6K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा नेकपा एमालेलाई चुनावमा जान कुनै एजेन्डा नचाहिने बताउँदै सरकारमा रहँदा आफूले गरेका कामनै काफी रहेको बताएका छन् ।

च्यानलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी रहेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिपक्षमा भएको बेला पनि चिन्ता लिनु पर्ने अवस्था नरहेको बताउँदै सबैको हिसाब किताब जनताले राखेको तर्फ सङ्केत गरेका थिए ।

असोज १५ देखि हुने विधान महाधिवेशनमा पेस गर्नका लागि ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ। उक्त छलफलको क्रममा बोल्दै जनतामा जान जुनसुकै बेला तयार भएको स्पष्ट पारेका थिए । जनताको ताजा जनादेशमा जान एमाले नडराउने समेत स्पष्ट पारेका थिए । आफ्नो सरकारलाई षडयन्त्र पूर्वक फालिएको बताएका ओलीले जनताबाट पहिलो पार्टी पुन बनेर आउने बताए ।

संविधान बन्ने बित्तिकै पनि हाम्रो सरकार बनेको थियो । त्यसलाई षड्यन्त्र गरेर ढालियो । हामी प्रतिपक्षीमा पुग्यौं । तर पछिको सरकारमा आयौं, ओलीले भने, अहिले पनि हामी सरकारमा छैनौं ।

तर सरकारमा हुँदा असाधारण काम गरेका थियौं । त्यही लिएर जनतामा जानुहोस् । चिन्ता लिनुपर्ने केही छैन । ओलीले आफ्नो शासनकालमा विकासको भिजन प्रस्तुत गरेको बताए ।

निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले सरकामा हुँदा उत्कृष्ट काम गरेको उनको दाबी थियो । देश र जनताको पक्षमा आफू सरकारमा हुँदा काम गरेकै कारण अब आउने चुनावमा कुनै सक्तीले पहिलो पार्टी बन्नलाई रोक्न नसक्ने बताए ।

शुक्र बारबाट जारी केन्द्रीय कमिटी बैठकमा जवाफ दिँदै ओलीले एमालेको नेतृत्वमा भएको सरकारले असाधारण काम गरेकै कारण आउने चुनावमा जनताले भोट दिएर जिताउने दाबी गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा