शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

गणेशजीको पूजा गर्दा के प्राप्ति हुन्छ ?


  • आइतबार, असोज १० २०७८
15.8K
SHARES

फाईल तस्बिर

हिन्दु धर्म मान्नेहरूका अनुसार गणेश भगवानको महिमा अपार छ । भगवान् गणेश पूजा गर्दा यो लोकमा चाहीने सम्पूर्ण चिज धर्म अर्थ काम र मोक्ष समेत प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।

गणेशजीलाई मङ्गलवार पूजा गर्ने चलन छ । गणेश भगवानलाई अन्य देवी देवताको पूजा गर्दा पनि सबैभन्दा पहिला पूजा गर्ने परम्परा छ । सबैभन्दा सुरुमा गणेश भगवानको पूजा नगरे बाधा सिर्जना हुने जनविश्वास रहँदै आएको छ ।

भगवान शिव र पार्वतीका पुत्र गणेशको पुजा आराधना विधिसम्मत गर्ने हो भने तँपाई हाम्रो जिवन पनि सुखी र खुसी हुन्छ ।

हरेक भगवानको पुजा आजा गर्दा गणेश भगवानको पुजा शुरुमा गर्नुपर्दछ । उनलाई भगवान शिवले यस्तो आशिर्वाद दिएका छन् । त्यसैले त कुनै कामको आरम्भ गर्दा जय गणेशाय नम वाट सुरु हुन्छ । भनिन्छ नि कुनै कार्यको शुरुवात गर्नुलाई नै श्रीगणेश गर्ने भन्नेबाट पनि यो कुरा पुष्टी हुन जान्छ ।

प्रायः जसो तिलको लड्डु चढाएर साथै फुल,जल र अक्षतासहित गणेश भगवानको पुजा गरिन्छ । गणेश भगवानलाई खुसी पारी आफ्नो कार्य सिद्दी गर्नको निमित्त गणेश भगवानको पुजाको लागि पूर्ण तयारी गर्नुका साथै तोकिएको विधी अवलम्वन गर्नुपर्दछ ।

१ गणेश भगवानको फोटो वा मूर्ती तयार पार्नुहोस
२ गणेश मन्दीर मै जानुहून्छ भने तिलको लड्डु तयार गर्नुहोस
३ स्नान गरी चोखो, सफा सुग्घर बन्नुहोस
४ पुजाको लागि आवश्यक सफा जल, जौ, तिल फुल र अक्षता एकै ठाउँमा संग्रह गर्नुहोस ।

पुजा गर्ने विधि : १ सुरुमा मूर्ती अथवा फोटोको अगाडि पवित्र मनले दियो जलाई दिनुहोस

२ दियो जलाई सकेपछी भगवानलाई मनपर्ने तिलको गुलियो लड्डु चढाई दिनुहोस
३ महिला भक्तजन भएमा आफ्नो सारी अर्थात सलले पुजा समयमा आफ्नो शिर छोप्नुहोला
४ अब अगरबत्ती जलाई त्यसलाई हातमा लिएर गणेश भगवानलाई विभिन्न सुगन्ध सहित पुजा आराधना गर्नुहोस
५ फूल अक्षता साथै पातिहरु अगरबत्ती बालेर आराधना गरीसकेपछी चढाईदिएर पुजा गर्नुहोस
६ गणेश मन्त्र उच्चारण माथि पहिलो चरणबाटै गर्नुपर्नेछ, अब मन्त्र उच्चारण गर्दै गणेश भक्ती गाईरहनुहोस
७ तपाँईको मनमा गणेश भगवान भएको कल्पना गर्नुहोस,आखाँ बन्द गरेर गणेश भगवान आफुसंगै भएको महसुस गर्नुहोस
८ गणेश भगवानसँग बोल्नुहोस, केहि इच्छीत कुरा भए माग्नुहोस,र तपाँई उहाँको भक्त भएको भान गराउनुहोस
९ भगवानको शिरमा टिका लगाईदिई आफुपनि लगाउनुहोस र अरुलाईपनि लगाईदिनुहोस
१० सम्पूर्ण भक्तजन साथै स्वयम् आफैले प्रसाद लिनुहोस, खुवाउनुहोस

माथि उल्लेखीत विधि अपनाएर गणेशको पुजा गर्दा पक्कै कार्यसिद्दी हुनुका साथै तँपाईले जिवनमा सोचेका सबै कुरा पुरा हुनमा सहयोग पुग्नेछ


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा