काठामडौँको बुढानिलकण्ठ नगरपालिकाको वडा कार्यालयमा सोमबार एक शव फेला परेको छ ।
सो नगरपालिकाको वडा नम्बर ८ को गोल्फुटारस्थित वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको प्रहरी बृत्त महारगञ्जले जनाएको छ । शवको पहिचान खुल्न सकेको छैन ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप जानकारी प्राप्त हुन सक्ने महाराजगञ्ज प्रहरी बृत्तका एक अधिकृतले बताए । उनले घटनाबारे अहिले अनुसन्धान जारी रहेको बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।