सत्तारुढ नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् प्रवक्ता कृष्णबहादुर महराले अमेरिकी सहयोग परियोजना (एमसीसी) कुनै पनि हालतमा पास नहुने बताएका छन् ।
अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको प्रथम सम्मेलनको उदघाटन समारोहलाई शनिबार सम्बोधन गर्दै महराले भने, ‘तपाईंहरू ढुक्क हुनुस् एमसीसी कुनै पनि हालतमा पास हुँदैन ।
उनले एमसीसीलाई नेपालमा टेकेर ‘चीनलाई घेर्ने रणनीति’ को संज्ञा पनि दिए । एमसीसीको प्रकृया बढाउँदा आर्थिक सहयोगको विषयमा मात्र राखिएकोमा अहिले अमेरिकाले सैन्य गठबन्धनमा रूपान्तरण गरेको उनको भनाइ छ । ‘
एमसीसी प्रकृया अगाडि बढाउँदा म मन्त्री थिएँ, त्यतिबेला आर्थिक सहायता भन्ने मात्र थियो, तर अहिले आएर अमेरिकाले आर्थिक सहायतालाई इण्डो प्यासिफिकको अभिन्न अंगको रुपमा स्थापित गरेको छ,’ महराले भने ।
आफू सभामुख हुँदा पनि एमसीसीको विषयलाई संसदमा प्रवेश गर्न नदिएको उनले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।