आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

स्व. बाल कुमार गुरुङको सम्झनामा गायन प्रतियोगिता


  • KTM Khabar
  • शुक्रबार, असोज ८ २०७८
1.6K
SHARES

स्व. बाल कुमार गुरुङ । तस्विरः फाइल

काठमाडौँ । स्वर्गीय शिक्षाकर्मी बाल कुमार गुरुङको सम्झनामा गायन प्रतियोगिता आयोजना भएको छ ।

शुक्रवार चाबहिल स्थित स्मार्ट प्यालेसको हलमा विद्यालय स्तरीय गायन प्रतियोगिता आयोजना गरिएको हो ।

निजी तथा आवासीय विद्यालय सङ्गठन काठमाडौँ (प्याब्सक) ले गुरुङको सम्झनामा हरेक वर्ष गायन प्रतियोगिता गर्दै आएको छ । सोही क्रमलाई निरन्तरता दिँदै यस वर्ष पनि प्याब्सकले ‘बाल कुमार स्मृति गायन प्रतियोगिता’ आयोजना गरेको हो ।

प्रतियोगिताबाट सिसिए स्कूलकी विनीता बादी प्रथम, सर्वनाम शिक्षालयका युजेन लामा दोश्रो र आकाशगंगा इन्टरनेशनल एकेडेमीका जेनिथ थिङ तेश्रो भएका छन् ।

विजयी प्रथम, द्वितीय र तृतीयलाई क्रमशः नगद पाँच हजार, दश हजार र पन्ध्र हजार सहित ट्रफी, मेडलद्वारा पुरस्कृत गरिएको थियो ।

डेढ दशकदेखि शिक्षा क्षेत्रमा काम गरेका स्व. बाल कुमार गुरुङ कान्तिपुर एकेडेमी हाई स्कूलका संस्थापक प्रिन्सिपल, प्याब्सकका अध्यक्ष, नेसनल प्याब्सन गोकर्णेश्वर नगरको अध्यक्ष, नेसनल प्याब्सन काठमाडौँको सह–सचिव थिए ।

४१ वर्षको उमेरमा गुरुङको २०७६ साल जेठ ३० गते उपचारको क्रममा मेडिसिटी हस्पिटलमा निधन भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा