आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

तेस्रो धारलाई ओलीको जवाफ : तपाईंहरुको यो कुरा बैठकको एजेण्डा बन्दैन


  • KTM Khabar
  • शुक्रबार, असोज ८ २०७८
627
SHARES

फाइल तस्विर

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरूबीच सवाल जवाफ भएको छ । अध्यक्ष ओली र नेताहरुबीच सवाल जवाफको मुद्दा बनेको हो–१० बुँदे एकता प्रस्ताव कार्यान्वयन र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिको विषय ।

बैठकमा सहभागी एक नेताका अनुसार शुक्रबारको बैठकमा सुदूरपश्चिमका नेता तथा उपाध्यक्ष भीम रावल, नेताहरू झपट रावल र भानुभक्त जोशीले १० बुँदे एमाले एकता प्रस्ताव र त्यही अनुसार अध्यक्षले पठाएको अपानि (अन्तर पार्टी निर्देशन) कार्यान्वयन नभएको र मनोमानी ढङ्गले पार्टी गतिविधि भइरहेको भन्दै सहमति कार्यान्वयनका लागि अध्यक्षले अर्को सर्कुलर पठाउनुपर्ने र सो विषय बैठकको एजेण्डा बन्नुपर्ने बताएका थिए ।

बैठकमा केही नेताहरूले १० बुँदे सहमति र विधान महाधिवेशनका प्रतिनिधि छनोटबारे प्रश्न उठाएपछि तेस्रो धारका अन्य नेताहरूले पनि उनीहरूको मागमा सहमति जनाएका थिए ।

तर, अध्यक्ष ओलीले तेस्रो धारका नेताहरूको माग ठाडै अस्वीकार गरे । ‘यो बैठकका एजेण्डा फरक छन् । विधान महाधिवेशनसँग सम्बन्धित एजेण्डा भएकाले यससँग केन्द्रित रहेर मात्रै छलफल हुन्छ’, अध्यक्ष ओलीको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरुको यो माग यो बैठकको एजेण्डा नै बन्न सक्दैन ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा