आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

शंकर पोखरेलको ठोकुवा : सबैभन्दा बढी राजनीतिक अपराध गर्ने मान्छे माधव नेपाल !


  • KTM Khabar
  • शुक्रबार, असोज ८ २०७८
760
SHARES

फाईल तस्बिर

एमाले नेता शंकर पोखरेलले इतिहासमा सबैभन्दा धेरै राजनीतिक अपराध गर्ने व्यक्ति माधव नेपाल भएको टिप्पणी गरेका छ । माधव नेपाल मात्र पद पाउनका लागी राजनीतिक हरकत गरेको पोखरेलको दाबी थियो ।

माधव नेपल र प्रचण्डको कारण मुलुकलाई बन्धक बनाउन लागेको आरोप समेत पोखरेलको दबी थियो ।

नेकपा एमाले  रामेछापले बिहीबार मन्थलीमा गरेको कार्यक्रममा बोल्दै पोखरेलले केपी ओलीका विरुद्ध एक पद भन्ने माधव नेपाल अहिले सानो टुकडी लिएर जाँदा पनि अध्यक्ष र संसदीय दलको नेता समेत आफै बनेको भन्दै माधव नेपाल मात्र पद प्राप्तीका लागी पार्टी फुटाएको उनको आरोप छ । नीति नियम र पद्धति मात्रै माधव नेपालको ओठे भक्ति भएको दाबी थियो ।

उनले भनेका छन् नेपालको संसदीय इतिहासमा सबैभन्दा धेरै अपराध गर्ने व्यक्ति माधव नेपाल भएको पोखरेलको ठोकुवा थियो । केपी ओलीलाई हटाउने मिसन देश भित्रको तागत मात्र नभएर देशबाहिरका तत्त्व समेत लागि परेको उनको तर्क थियो ।

आफूले लामो समय नेतृत्व गरेको पार्टी फोरेर पद प्राप्तिका लागि एउटा टुकडी लिएर हिँडेको आरोप लगाएका पोखरेलले नेपाली जनताको सबृद्दीको सपना हर हालतमा नेकपा एमालेले पुरा गरेरै छाड्ने बताएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा