शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

पूर्वराजाको श्रीपेच चोर्ने प्रयास, एक व्यक्ति पक्राउ


  • शुक्रबार, असोज ८ २०७८
11K
SHARES

नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । दरबार संग्राहलयमा अवलकोनमा गएका रुकुम घर भएका एक युवकले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुृटाउन प्रयास गरेका थिए ।

तर, सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएको नारायणहिटी दरबार संग्राहलाय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ, तर एक युवकले कोठाभित्र सोकेसमा राखिएको खुकुरी झिकेर श्रीपेच निकाल्न प्रयास गरेको देखिन्छ,’ उनले भने,’श्रीपेचसहित श्रीपेच संरक्षणमा राखिएका सबै सिसा सुरक्षित छन् ।’

उनका अनुसार सेना सुरक्षाका लागि लगातार खटिने भएकाले चोरीको जोखिम हुँदैन । ‘उनलाई श्रीपेच देखेपछि त्यो लगाएर राजा हुन मन लागेको हुनसक्छ,’ दाहालले भने,’उनको मानसिक अवस्था त्यति ठीक छैन कि भन्ने लागेको छ ।’

यसबारे अनुसन्धान शुरु भएको संग्राहलयले बताएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा