चाँगुनारायण नगरपालिका विश्वकै १० उत्कृष्ट सहर भित्र परेको छ । अमेरिकाको न्युयोर्क विश्वविद्यालयमा आयोजना गरिएको द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा चाँगुनारायण् उत्कृष्ट १० मा परेको हो ।
नगरपालिकाको तथ्याङ्क व्यवस्थापन एवं खुला तथ्याङ्क प्रणालीको क्षेत्रमा गरेको कामको मूल्याङ्कनका आधारमा विश्वका ३८ वटा देशका नगरपालिकामध्ये चाँगुनारायण नगरपालिका परेको नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले बताए ।
उक्त प्रणालीमा नगरपालिकाले गरेको कामलाई वेबसाइटमा अपलोड गरिएको छ । वेबसाइटमा डाटा अपलोड गरिएको मूल्याङ्कनका आधारमा गत शुक्रबार उत्कृष्ट सहरभित्र पारिएको नगरपालिकाले बताएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।