गर्मीको मोसममा प्राय कागती पानी धेरैले सर्बतको रूपमा पिउने गर्छन् । कागती पानीले शरीरमा फाइदा त गर्छ नै आयुर्वेदमा कागतीलाई औषधिको रूपमा समेत चित्रण गरिएको छ । आज हामी बिहान उठ्ने बित्तिकै कागती पानी पिउनाले हुने पाइँदाको विषयमा चर्चा गर्छौ ।
बिहान उठेर कागती पानी पिउनुको फाईदाहरु :
– बिहान उठेर कागती पानी पिउनुले शरीरको सफाई गर्नुका साथै स्फूर्ती पैदा गर्छ । यसले खाना पचाउने काम समेत गर्छ ।
– कागती भिटामिन सी तत्वको भण्डार हो । जसमा एन्टी अक्सिडेन्टको गुण पनि हुन्छ । जसले त्वचाको दाग धब्बा हटाएर निखार लेराउने काम गर्छ ।
– कागती पानीले शरीरमा पाचन रसको उत्पादनमा सहयोग गर्छ । पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
-शरीरको विभिन्न जोर्नीमा हुने दुखाईलाई कागती पानीले कम गर्छ ।
– ले मुख गकागती पानीन्हाउने समस्या समाधान गर्न मद्दत गर्छ ।
– कागतीमा पाईने भिटामिन सी र पोटाशियमले रोगसँग लड्ने क्षमताको वृद्धि गर्छ ।
– बिहान उठेर नियमित कागती पानी पिउने गर्नाले दिनभर शरीरलाई स्फूर्ती राख्न र शरीरमा पानीको कमी हुन दिँदैन ।
– यदि तपाई शरीरको तौल घटाउने प्रयासमा हुनुहुन्छ भने बिहान उठेर एक गिलास कागती पानी पिउन निकै लाभदायक हुन्छ ।