शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

बिजेन्द्र श्रेष्ठले दिए नगर सचिवमा उम्मेदवारी


  • शुक्रबार, असोज ८ २०७८
14.3K
SHARES

आफ्नो उम्मेदवारी घोषणा गर्दै बिजेन्द्र श्रेष्ठ

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी बिजेन्द्र श्रेष्ठले नगर सचिवमा उम्मेदवारी दिएका छन् । असोज ९ गते हुने नेपाली कांग्रेस बूढानीलकण्ठको नगर अधिवेशनका लागि श्रेष्ठले सचिव पदका लागि उम्मेदवारी दिएका हुन् ।
बुढानीलकण्ठ नगरपालिका वडा नं १३, चुनिखेल स्थायी घर भएका श्रेष्ठले शुक्रवार वडामा भएको नेपाली कांग्रेसका नवनिर्वाचित इकाई समितिको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।


कम्युनिटी केयर नेपालको अध्यक्ष र गिरिजा प्रसाद कोइराला फाउण्डेशन काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेश (ख) का संयोजक समेत रहेको श्रेष्ठलाई काठमाडौँ क्षेत्र नम्बर ४ का सम्भावना भएका युवा नेताको रूपमा चित्रण गरिन्छ ।

कोरोना संक्रमणको उच्च समयमा पनि उनी र उनको टिमले क्षेत्र नम्बर ४ मा स्वास्थ्य सामाग्री वितरण, राहत वितरण तथा जनचेतना मूलक कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको थियो । उनको उक्त कार्यलाई लिएर क्षेत्रवासीले राजनीतिकर्मी मात्र नभई समाजसेवीको रूपमा पनि लिन्छन् ।
शुक्रवार आफ्नो उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने,‘बुढानीलकण्ठ नगरपालिकामा पार्टीको सङ्गठनलाई नयाँ ढंगले सुदृढीकरण गर्दै आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन मेरो उम्मेदवारी हो । यस कदममा अग्रज तथा युवा साथीहरूको पूर्ण समर्थन हुने अपेक्षा गरेकाे छु ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा