शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अझै एमाले फुटाउने प्रयत्न हुन सक्छ – ओली


  • शुक्रबार, असोज ८ २०७८
8.5K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी ओलीले अझै एमाले फुटाउने प्रयत्न हुन सक्ने बताएका छन् । सबृद्द नेपाल बनाउने योजनालाई फुटेको आखाले देख्न नसक्ने हरुले अझै एमालेलाई फुटाएर बिगार्न सकिन्छ कि भन्दै प्रयास गरीरहेको तर अब एमाले कुनै त्यस्ता नराम्रो काम गर्ने तत्वहरुले बिगार्न नसक्ने ओलीको दबी थियो ।

हिजो बिहीबार एक कार्यक्रममा बोल्दै ओलीले एमालेलाई तहस नहस पार्न सकियो भने विकास निर्माणका कार्यहरू अघि बड्दैनन भन्ने सोचेकाहरूको नियत नेपाली जनताले बुझिसकेको तर्फ लक्षित गर्दै एमाले अब एक ढिक्का भएर आगामी चुनावमा पहिलो पार्टी बनेर आउने समेत दाबी गरे ।

वर्तमान सरकारले मन्त्री मण्डल बिस्तार गर्न नसकेको उल्लेख गर्दै हामी हो भने तिन दिनमै मन्त्री मण्डल घोषणा गरेर देखाइदिने दाबी समेत गरेका थिए ।

अहिलेको सरकार अदालतले बनाईदिएको जिकिर गर्दै माधव नेपाल र प्रचण्ड देउवाको पछि लागेर कम्युनिष्टहरुको सरकार ढाल्ने मतियार बनेको समेत ओलीको टिप्पणी थियो ।

विकास विरोधी विकास देख्न नसक्ने तत्त्वहरूले एमालेलाई प्रहार गरिरहेको बताएका ओलीले जति नै प्रहार गरे पनि एमाले जनताको मनमा बसेको दाबी गर्दै समृद्द नेपालको लक्ष पुरा गर्ने एक मात्र पार्टी एमाले मात्रै भएको जिकिर गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा