आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

केपी ओली जस्तो गिदीमा गोबर भरिएको बुद्धि नभएको नेता अर्को देखेको छैन : प्रचण्ड


  • KTM Khabar
  • बिहिबार, असोज ७ २०७८
2.3K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली माथी न्वारान देखिको बल लागाएर खनिएका छन् ।

पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले ओली हरूवा र भगौडा भएको बताएका छन्। नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि ओलीलाई नेपालको महान् नेता बन्ने अवसर भए पनि उनको बुद्धि नपुगेको प्रचण्डले तर्क गरे।

‘मैले केपीजस्तो बुद्धि नभएको नेता अर्को देखेको छैन।  दुई पार्टी एक भएपछि उनलाई नेपालको महान् नेता बन्ने अवसर थियो,’ प्रचण्डले भने,‘तर गिदीमा गोबर भरिएपछि के गर्ने!’

केपी व्यक्ति नभएर दम्भी, अहंकारी, सामन्ती हिन्दुवादी प्रवृत्ति भएको प्रचण्डले बताए।ओलीले माओवादी र माओवादी नेतृत्वलाई सखाप पार्न प्रतिनिधि सभा विघटन भएको प्रचण्डले बताए।ओलीको उक्त षडयन्त्रमा विदेशीहरूले साथ दिएको उनले बताए।

‘तर हामीले त्यसलाई हरायौं। नेकपा हुँदा केपीको प्रवृत्ति उजागर गरेर उनलाई पार्टी साधारण सदस्यबाट निकाल्यौं,’ प्रचण्डले भने,‘पछि पनि उनलाई बालुवाटारबाट बालकोट पुर्‍यायौं। हामी विजेता हौं। केपी हरूवा हो, भगौडा हो।’

माओवादी युद्धका बेला प्रतिक्रियावादीहरूले आफूहरूलाई घेरा हाल्ने र सखाप पार्ने रणनीति बनाएजस्तै पछिल्लो समय ओलीले  त्यस्तै कोशिश गरे प्रचण्डले बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा