नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौताका कारण सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन् ।
बिहीबार काभ्रेमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका लागि एमसीसी सम्झौता भन्दा गठबन्धन मुख्य भएको बताए ।
‘गठबन्धनमा के सहमति छ भने एमसीसी हाम्रा लागि मुख्य होइन गठबन्धन मुख्य हो । यसमा हामी सहमत भएर हिँडेका छौं । ढुक्क हुनुहोला’ उनले कार्यकर्तामाझ भने ।
हाल सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । तर यो गठबन्धनमा नेपाली कांग्रेस एमसीसी सम्झौता पारित गर्नुपर्ने पक्षमा छ भने अरु दलहरु अहिलेकै अवस्थामा पारित गर्न नहुने पक्षमा छन् ।
बिहीबारको कार्यक्रममा प्रचण्डले एमसीसीलाई अगाडि ल्याएर गठबन्धन टुटाउने षड्यन्त्र भएको बताए ।
एमसीसी ल्याएर दिमाग खराब गरिदिने, गठबन्धन टुटाइदिने सपना देखेका छन्, एमसीसी भएपछि शेरबहादुर र प्रचण्ड झगडा गर्छन् भन्ने छ’ उनले भने । आफूहरु एमसीसी परिमार्जन र संशोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको प्रचण्डले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।