आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

एमाले फुटाउन मेहनत परेको प्रचण्डको दाबी, माधव-झालनाथ प्रचण्ड सँग प्याक हुने सङ्केत !


  • KTM Khabar
  • बिहिबार, असोज ७ २०७८
2.4K
SHARES

तस्विरः फाइल

नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल  प्रचण्ड सँग प्याक हुने सङ्केत देखिएको छ । यो सङ्केत मओबादी केन्द्रका अध्यक्ष प्रचण्डले आज दिएको अभिब्यक्तिबाट उत्पन्न भएको हो । प्रचण्डले माधव झालनाथको पार्टी बनाउन आफ्नू धेरै मेहनत परेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले फुटाएर माधव झालनाथको पार्टी बनाउन आफ्नो मेहनत परेको बताए सँगै माधव नेपालको पार्टी अन्तिममा गएर प्रचण्ड सँगै मिसिने हो की भन्ने आशङ्का सर्वसाधारण माझ उब्जिएको छ ।

एमाले अध्यक्ष केपी ओलीले पनि पटक पटक सर्बजानिक रूपमै माधव नेपाल प्रचण्डको कार्यकर्ता भएको दाबी गरी रहेको बेला प्रचण्ड स्वयमले माधव नेपालको पार्टी बनाउन आफुहरुको  भूमिका रहेको बताए सँगै झनै माधव नेपाल नेतृत्वको पार्टी माओवादी केन्द्रमा गएर प्रचण्ड सँगै मिसिने कुरामा जोड पुगेको हो ।

आज मात्र  काभ्रेमा आयोजित कार्यक्रममा प्रचण्डले माधव नेपालको पार्टी बनाउन आफ्नो मेहनत रहेको र सो पार्टीसँग सहकार्य बढाउन कार्यकर्तालाई निर्देशन समेत दिए पछि प्रचण्ड र माधव नेपालको सम्बन्ध गाढा रहेको सजिलै बुझ्न सकिने भएको छ ।

तर भर्खर एमाले बाट फुटेर गठन भएको नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले भने माओवादी सँग आफ्नो पार्टी मिल्ने भन्ने कुरा नभएको बताइसकेका छन् । नमिल्ने स्वयम माधव नेपालले भनिरहेका बेला पनि आम सर्वसाधारण तथा एमाले अध्यक्ष ओलीले भने अन्तिममा माधव नेपाल प्रचण्ड सँगै गएर मिल्ने कुरा बताएका हुन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा