नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घ सिन्धुपाल्चोक जिल्ला सभापति गीता नेपाल ढुंगाना आफ्नै वडामा आफ्नै कार्यकर्ताले हराएका छन् । सिन्धुपाल्चोकमा केन्द्रीय नेताहरुनै वडामै हारेका समाचार बाहिरिएका छन् ।
जिल्लाकै नेतृत्व गर्ने हरुनै लज्जाजनक हार बेहोर्नुले नेताहरूको कार्यकर्तामा भएको पक्कड राम्रै सँग चित्रण भएको देख्न सकिन्छ ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा मङ्गलवार सम्पन्न नेपाली काँग्रेसको वडा अधिवेशनमा सभापति गीता नेपाल ढुंगानाले जम्मा ८ मत मात्र पाएकी छन् ।
उनलाई आन्तरिक पार्टीको चुनावमा जित्ने अर्की नेत्री उनको तुलनामा सामान्य नेत्री मात्र हुन । उनले ८२ मत प्राप्त गरेकी छन् ।
मतको अन्तरका हिसाबले जिल्लाकै नेतृत्व गर्ने मान्छेको ८ मत त्यो पनि आफ्नै वडामा आउनु हास्यास्पद देखिने कार्यकर्ताहरूको बुझाई छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।