नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा दिउँसो ३ बजेपछि बस्ने बैठकमा मन्त्रिपरिषद विस्तार र महाधिवेशन कार्यतालिकाबारे छलफल हुनेछ ।
संयुक्त सरकारमा मन्त्रालय बाडँफाँटको विषयमा सल्लाह नगरिएको भन्दै संस्थापन इतर पक्षले असन्तुष्टी जनाउँदै आएको छ । त्यस्तै १३ जिल्लामा वडा अधिवेशन हुन नसकेको अवस्थामा महाधिवेशन कार्यतालिका सच्याएर सबै जिल्लामा एकैदिन पालिका अधिवेशन हुनुपर्ने संस्थापन इतर समूहको माग रहेको छ ।
यी दुवै विषयमा बैठकमा छलफल हुने बताइएको छ । ‘एकातिर मन्त्रिपरिषदको विषय छ अर्कोतिर पालिका अधिवेशन सबै जिल्लामा एकैपटक गर्ने प्रस्ताव पनि छ । यिनै विषयमा आज छलफल हुनेछ’, कांग्रेसका एक पदाधिकारीले भने ।
यसैबीच पदाधिकारी बैठकका एजेण्डा र मन्त्रिपरिषद विस्तारबारे धारणा बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा अहिले संस्थापन इतर समूहका नेताहरु भेला भएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।