नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो विरोध नहोस् भनेर जथाभाबी पदक तथा विभूषण वितरण गरेको आरोप लगाएका छन् । मंगलबार श्वेतशार्दुल नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो सरकारले त्यसैगरी पदक वितरण गरेको भए खपिनसक्नु हुने टिप्पणी गरे ।
यति धेरै पदक कहिल्यै पनि वितरण गरेको थिएन । रत्नपार्कमा बसेर वितरण गरेकोजस्तो छ ह्वार ह्वार, म प्रधानमन्त्री भएको बेला यसरी वितरण गरेको भए ..ओ हो.. के हुन्थ्यो ? बुद्धिजीवी, नागरिक समाजले के भन्थे’, ओलीको प्रश्न छ । तर अहिलेको सरकारले यसरी वितरण गर्दा पनि सब चुपचाप र शान्त रहेको टिप्पणी गरे ।
उनले राजनीतिमा नैराश्य प्रदान काम सरकारले गरेको भन्दै निरङ्कुश राजतन्त्र लडेर मुलुकलाई संघीय गणतन्त्रसम्म ल्याए पनि पुनः अहिले निराशा छाउने काम सरकारले गरिरहेको बताए । फरक प्रशंगमा ओलीले कम्युनिस्टहरू पावर केन्द्रित हुन्छन् भन्ने कुरामा सत्यता नरहेको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफूभन्दा अघिल्लो वक्ताका रूपमा रहेका दमननाथ ढुंगानाले भनेजस्तो कम्युनिस्टहरू शक्तिकेन्द्रित हुन्छन् भन्ने कुरामा आफ्नो असहमति रहने बताएका हुन् । ओली भन्दा अघि बोलेका ढुंगानाले कम्युनिस्ट पार्टीहरू केन्द्रीकृत हुन थालेको बताएका थिए । ओलीले दमनको सोही अभिव्यक्तिप्रति असहमति जनाएका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।