शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

अग्नि सापकोटा सभामुखको कुर्सिमा बस्न लायक रहेनन् : सांसद भैरवसुन्दर श्रेष्ठ


  • मंगलबार, असोज ५ २०७८
10.9K
SHARES

तस्विरः फाइल

नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेका छन् ।

मंगलबार राष्ट्रियसभामा समय लिएर उनले सभामुखले दलहरुलाई समान व्यवहार नगरेको आरोप लगाउँदै राजीनामा माग गरेका हुन् ।

‘कुर्सीको गरिमालाई जोगाउन सकिन्न भने, कुर्सीको महत्वलाई बुझ्न सकिन्न भने, त्यस्तो व्यक्तित्व कुर्सीमा बस्न लायकको हुँदैन र तत्काल उहाँ (सभामुख)ले एउटा निकास दिनुपर्छ । त्यो निकास भनेको राजीनामा हो’ श्रेष्ठले भने ।

राष्ट्रियसभामा प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयक (बजेट) पेश भएको छ । विधेयकमाथि बिचार गरियोस भन्ने प्रस्तावमाथिको छलफलमा अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्षले एमाले संसद श्रेष्ठलाई बोल्न समय दिएका थिए ।

त्यसपछि एमाले सांसद श्रेष्ठले एमालेले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना टाँस गरिनुपर्ने बताएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा