युवामैत्री र चन्दा रहित पार्टी सञ्चालन गर्न काँग्रेस महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिए: थापा
KTM Khabar
मंगलबार, असोज ५ २०७८
15.7K
SHARES
उपत्यका निर्माण व्यवसायी सङ्घका अध्यक्ष तथा कांग्रेस नेता बालकृष्ण थापा
लामो समयदेखि काङ्ग्रेसमा क्रियाशील रहेका उपत्यका निर्माण व्यवसायी सङ्घका अध्यक्ष समेत रहेका बालकृष्ण थापाले आसन्न १४ औँ नेपाली काँग्रेस महाधिवेशनमा खुला तर्फ दोलखा जिल्लाबाट महाधिवेशन प्रतिनिधि उम्मेदवारी घोषण गरेका छन्।
राजनीतिलाई नै पेसा बनाएर हिँडेकाले भ्रष्टाचार मौलाएको बताउने थापा काँग्रेसी युवाहरूलाई निर्माण व्यवसाय तर्फ आकर्षित गरेर स्वदेशमै रोजगार बनाउने चाहाना रहेको उनको भनाई छ । काँग्रेस बाट उदयमान दोलखा जिल्लाका नेता तथा निर्माण व्यवसायी थापा सँग केटिएम खबर डटकमका लागि रवि भट्टराईले गरेको बिषेस कुराकानीको सम्पादित अंस :
अहिलेको व्यस्तता के मा छ ?
कोरोनाले गर्दा लामो समय देखि भई नरहेको निर्माण व्यवसाय लाई अहिले गति दिने काम भइरहेको छ । आफ्नो व्यवसाय सँग सँगै आसन्न नेपाली काँग्रेसको महाधिवेशनमा सक्रियता देखाउने प्रयत्न मेरो हुदैछ । यो पटक दोलखा जिल्लाबाट महाधिवेशन प्रतिनिधि आउने प्रयासमा छु । अहिलेको व्यस्तता आफ्नु व्यवसाय सँगै दोलखा जिल्लामा काँग्रेस पार्टी सङ्गठनलाई बलियो बनाउनु पर्छ भन्नेमा मेरो व्यस्तता छ ।
तपाई उपत्यका निर्माण व्यवसायी सङ्घको अध्यक्ष तथा काँग्रेस पाटी आबद्ध पनि हुनहुन्छ, तपाईँको क्षेत्रका जनताले चाहिँ तपाई बाट के आस गर्ने ?
म विगत ५१ साल देखी नै काँग्रेसको राजनीतिमा होमिएको हुँ । म व्यवसायतिर लागे उपत्यका निर्माण व्यवसाय सङ्घको अध्यक्ष भए यो एउटा पाटो हो । तर समग्रमा म राजनीतिक प्राणी हु । त्यसैले दोलखा जिल्लाबाट माहाधिबेशन प्रतिनिधिको उम्मेद्वार बनेको हुँ ।
मेरो अक्रो उद्देश्य म निर्माण व्यवसायी हुँ । म महाधिवेशन प्रतिनिधि भए भने त्यस्तो यो नै गरी हाल्छु भन्ने त हैन । तर काँग्रेसी युवाहरूलाई निर्माण व्यवसायमा आकर्षण बढाउने प्रमुख काम मेरो हुने छ ।
वर्तमान सत्ताको नेतृत्व गरी रहेको काँग्रेस पार्टी भित्र महाधिवेशन प्रतिनिधि आउन सजिलो त छैन होला ?
सजिलो अवश्य छैन । दोलखा जिल्लाबाट सर्वसम्मत आउने भन्ने त हुँदैन । फेरी काँग्रेस पार्टी लोकतन्त्रमा बिश्वास गर्ने भएकोले भोटिङबाटै प्रतिनिधि हरू चुनिनु हुन्छ । म पनि प्रतिनिधि आउने वातावरण मिलाउँदै छु । फेरी एउटा ज्युँदो पार्टी भित्र गुट उपगुट हुने नै भए । विभिन्न गुटका सञ्जाल तल्लो तह सम्म पुगेकै छन् । त्यसैले निर्विरोध हुने भन्दा पनि भोटिङबाटै लोकतान्त्रिक प्रक्रिया पुरा गरेर प्रतिनिधि आउने हो ।
फेरी प्रश्न दोहोर्याए,तपाई बाट ठ्याक्कै दोलखाका जनताले काँग्रेस राजनीतिमा सक्रिय हुँदै गर्दा के आस गर्ने
त्यस्तो ठ्याक्कै एक,दुई , तीन भनेर भन्नु भन्दा पनि म निर्माण व्यवसायी भएको हैसियतले निर्माण व्यवसायीका समस्या समन धीत ठाउँमा उठाउने एउटा कुरा भयो । अक्रो कुरा पार्टी लाई चुस्त दुरुस्त पार्न व्यवसायी हरू आउनु पर्छ भन्ने मान्यता मेरो हो । दोलखाको राजनीतिमा मैले भर्खर खुट्टो टेक्ने प्रयत्नमा छु । मुलत म निर्माण ब्यबसायी भएको हैसियतले म युवाहरूलाई निर्माण व्यवसाय तर्फ उन्मुख गराउने मेरो उद्देश्य रहन्छ ।
काँग्रेस पार्टी ठेकेदारहरूले कब्जा गर्यो भन्ने आरोप छ नि ?
म राजनीतिक प्राणी हुँ मैले भनी सके । म ५१ साल देखिनै राजनीतिमा छु । कब्जा गर्ने अवस्था छैन । यसलाई यसरी नबुझिदिन अनुरोध पनि छ ।
अन्तिममा तपाईँका क्षेत्रका जनतालाई तपाईँको सन्देश के छ ?
मेरो सन्देश यही हो । युवाहरू व्यवसाय तर्फ उन्मुख हुनु पर्छ । र मेरो उद्देश्य पनि यही रहने छ । मा काँग्रेसमा आबद्ध भइरहँदा भबिस्यमा सांसद मन्त्री मेयर यी पछिका कुरा हुन तर सबैभन्दा पहिले युवाहरू व्यवसायी हुनु पर्छ । व्यवसायी युवाहरू राजनीतिमा आए भने राजनीतिले कोल्टो फेर्छ । युवामैत्री र चन्दा रहित पार्टी सञ्चालन गर्नु पर्छ भन्ने मान्यता मेरो रहन्छ ।
थप तथा भिडियो कुराकानी हेर्नका लागि तलको युटुब लिंकमा क्लिक गर्नुहोस्ः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।