आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

स्थानीयले दिए बुटवलका मेयर लाई बाघे झाप्पु, पहिरो प्रभावितलाई वास्ता नगरेको आरोप !


  • KTM Khabar
  • सोमबार, असोज ४ २०७८
3.4K
SHARES

तस्विरः फाइल

बुटवल उपमहानगरमा  मेयरले स्थानीयको बाघे झाप्पु भेटेका छन् । पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न गएका मेयरले स्थानीयको मुक्का भेटेका हुन ।

पहिरोको अवलकोन गर्न ज्योतिनगर पुगेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयबासीले कुटपिट गरेका छन् ।

पहिरो ग्रस्त क्षेत्र बुटवल–३ को ज्योतिनगरमा अवलोकन गर्न गएका मेयर सुवेदीलाई आक्रोशित स्थानीयले मुक्का प्रहार गरेका हुन् ।

स्थानीयले मेयरमाथि गरेको हातपातबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर दुई साताअघि क्षतिग्रस्त भएका थिए । प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग नगरेको भन्दै स्थानीयवासी सरकारी पक्षसँग रुष्ट छन् ।

 

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा