शनिबार, साउन ३० २०८३
ताजा अपडेट

प्रमुख प्रतिपक्षी एमालेलाई पेलेरै संसद् बैठक सञ्चालन


  • सोमबार, असोज ४ २०७८
7.8K
SHARES

फाइल तस्विर

प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीलाई बेवास्ता गर्दै प्रतिनिधिसभाले बजेटको प्रतिस्थापन विधेयकसँग सम्बन्धित विधेयकहरुमाथि छलफल र पारित भएको छ ।

एमालेको नाराबाजीका बीच विनियोजन विधेयक बहुमतले पारित भएको छ । बजेट आश्रित बाँकी दुईवटा विधेयकहरु प्रतिनिधिसभामा पेश भएका छन् ।

एमालेको नाराबाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए, जसलाई बहुमतले पारित गरियो ।

यसैगरी, अर्थमन्त्री शर्माले आर्थिक विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । प्रतिनिधिसभाले आर्थिक विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गर्यो । अब ७२ घण्टाभित्र आर्थिक विधेयक–२०७८ माथि सांसदहरुले संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन् ।

यही असोज ७ गते यो विधेयकको दफावार छलफलको लागि सभामुख अग्नि प्रसाद सापकोटाले समय तोकेको घोषणा गरे ।

यस्तै, सोमबार नै प्रतिनिधिसभामा अर्थमन्त्री शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे र सो प्रस्ताव बहुमतले स्वीकृत भयो । यो विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल भयो । छलफलमा नेमकिपाका सांसद प्रेम सुवालले मात्रै भाग लिए ।

सांसद सुवालले सरकारले कति ऋण लिने ? कसले कति–कति ऋण लिएर हिनामिना गरे भनेर छानविन गर्नुपर्ने र तिनलाई कारबाही हुनुपर्ने बताए । भारतसँग बिजुली कति किन्ने ? भनेर उनले प्रश्न गरे । जलस्रोतको धनी देशले विद्युत कति आयात गर्ने ? भन्ने प्रश्न गर्दै उनले बिजुली आयातका कारण समेत नेपालले व्यापार घाटा व्यहोर्दै आएको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा