युवा बुद्धिजीवी तथा समाजसेवी गोविन्द कोइरालाले आरक्षणको नाममा संविधानमा क्षेत्री-बाहुनलाई झनै विभेद रहेको धारणा सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।
जनजाति दलित भएकै भरमा आरक्षण पाउनु पर्ने बाध्यकारी व्यवस्था ठिक नभएको उनको तर्क छ । अरक्षण राज्यले कसैलाई पनि जातको आधारमा होइन वर्ग,क्षेत्र र सक्षमताको आधारमा प्रवर्द्धन गरिनुपर्नेमा उनको जोड छ।
एउटा सम्पन्न गुरुङ लाहुरेकोमा बाहुन हली बस्छ । तर राज्यले हली क्षेत्री बाहुनको छोरा छोरीलाई आरक्षण दिँदैन । तर सम्पन्न जनजाति छन् भने पनि राज्यले आरक्षणको नाममा सेवा सुविधा दिन्छ भन्ने कुरा तर्फ सङ्केत गर्दै क्षेत्री बाहुनलाई संविधानले नै विभेद गरेको उनको तर्क छ ।
समाजीक सञ्जाल फेसबुकमा संविधान दिवसको अवसरमा उनी लेख्छन्
“म एक गरिब किसान परिवारको वाहुनको छोरा हुँ ।म बाहुन भएकै कारण राज्य वाट कुनै छुट्टै सुविधा लिएको भए मेरो सर्वस्व राज्यले लियोस् तर आज विभिन्न जात जतिका आयोग संविधानमा कायम हुँदा किन क्षेत्री बाउनलाई समेटिएन र एकासी प्रतिशत हिन्दुप्रेमीहरुको मागलाई खै सम्वोधनरु मुलुकी ऐनले अन्त्य गरिसकेको छुवाछुत र जातीय विभेदलाई किन दलित आयोग र अन्य जातीय आयोगको नाममा संविधानले उल्टाउन खोज्दैछ ? राज्यले कसैलाई पनि जातको आधारमा होइन वर्ग,क्षेत्र र सक्षमताको आधारमा आरक्षण र प्रवर्द्धन गरिनुपर्छ। मैले गुरुङ लाहुरेकोमा बाहुन हली बसेको देखेको छु।नेवारकोमा ज्यालादारी काम गर्ने प्रशस्तै बाहुनहरू देखेको छु।त्यसैकारण बर्तमान नेपालको विभेदकारी संविधान प्रति पूर्ण असहमति जनाउँदै संविधान दिवसको शुभकामना “।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।