शनिबार, साउन ३० २०८३
ताजा अपडेट

विभूषणमा देउवा सरकारको मनलाग्दी, सत्तारुढ दल निकटवर्ती हरूलाई तक्मै तक्मा !


  • सोमबार, असोज ४ २०७८
12.4K
SHARES

फाइल तस्विर

विगतमा जम्बो मन्त्रिपरिषद् बनाएर खराब कीर्तिमान बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाले विभूषणमा अर्को खराब रेकर्ड बनाएको विश्लेषकहरूको विश्लेषण छ । सत्ता गठबन्धनका नेताहरूका आफन्तले र सत्ता गठबन्धनकै नेताका आसेपासेले तक्मा पाएको जनगुनासो बढेको छ ।

देश र जनताका लागी योगदान पुर्‍याएका विशिष्ट व्यक्तिहरूले पाउनु पर्ने तक्मा नेताहरूकै वरिपरि घुम्ने आफन्त र निकट व्यक्ति सँग जोडिनु नहुने थियो तर विडम्बना देउवा सरकारले आफ्नै वरिपरिका मान्छेहरूलाई तक्मा दिएर रेकर्ड बनाएको छ ।

गणतन्त्र स्थापनापछि पहिलो पटक २०६७ बाट मानपदवी दिँदा २६९ जनाले पाएका थिए । त्यसयता मानपदवी पाउनेको संख्या ६ सयबाट नाघेको थिएन ।

यो वर्ष विभूषण पाउनेको संख्यासँगै विवाद पनि बढेको छ । जुन पार्टी सरकारमा हुन्छ, त्यही पार्टी नेता, कार्यकर्ता र उनी निकटवर्तीहरुलाई पदक दिएको भन्दै आलोचना हुँदै आएको थियो । यो पटक त विभूषणमा सत्तारुढ गठबन्धनको भागवण्डा भएको भन्दै पदक अस्वीकार गर्नेहरुको संख्या बढेका छन् ।

काठमाडौंका पूर्वमेयर पिएल सिंहले सुप्रशिद्ध प्रबल जनसेवाश्री अस्वीकार गरेका छन् । पत्रकारहरु हरिबहादुर थापा, कृष्णज्वाला देवकोटा, नारायण अमृत र काटुनिष्ट रविन सायमी, डा. अशेष ढुंगानाले पनि पदक नलिने घोषणा गरेका हुन् । पदक अस्वीकार गरेका पत्रकार थापाले भनेका छन्, ‘राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयम् सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ ।’

गृह मन्त्रालयका अनुसार २०६७ देखि ०७५ सालसम्म १९२ जनाले पदक लिएका छैनन् ।

छनौटप्रति असन्तुष्टि जनाउँदै विभूषण नलिनेहरुमा राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याउने नै छन् । यो सूचीमा पूर्व सभामुख एवं मानवअधिकारकर्मी दमननाथ ढुंगाना, पदमरत्न तुलाधार, संगीतकार अम्बर गुरुङ, पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, अधिकारकर्मी सुवोध प्याकुरेल, पत्रकार कनकमणि दिक्षीत युवराज घिमिरे, किशोर नेपाल, शिव गाउँले, कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सीताराम कट्टेल, कुञ्जना घिमिरे लगायत छन् ।

लामो समयसम्म पदक गृहमा थन्किन थालेपछि मन्त्रालयले २०७५ मा ‘विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड’ ल्याएर प्रदान गरिएको एक वर्षभित्र सम्बन्धित व्यक्ति लिन नआए स्वतः रद्द हुने निर्णय गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा