आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

राष्ट्र गौरव पदक सम्मान पाउने योग्यता: की नेताको पत्नी हुनु पर्‍यो नभए नेताको बाउ आमा!


  • KTM Khabar
  • आइतबार, असोज ३ २०७८
3.8K
SHARES

फाइल तस्विर

नेपाल सरकारले गठबन्धनमा आबद्ध दलका नेता र तीनका परिवारलाई संविधान दिवसका अवसरमा विभिन्न पदक प्रदान गरेको छ । कतिपय मरणोपरान्त विभूषित समेत भएका छन् । यो सम्मान वितरण नेताका परिवारलाई भसक्कै सरकारले बाडेको छ ।

नेता र नेतृत्वका परिवारलाई सम्मान बढ्दा आम सर्वसाधारणले नेताका पत्नी र बाउ आमाले सम्मान पाउनु राष्ट्रिय सम्मानको दुरुपयोग भएको गुनासो गरेका छन् । सामाजिक सञ्जाल हरूमा राष्ट्रिय सम्मानको दुरुपयोग भएको र सरकारले मनलाग्दी बाडेको गुनासो गरेका छन् ।

सत्ता गठबन्धनका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालले राजनीतिक अभियन्ताका रूपमा प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्राप्त गरेकी छन् ।

पदकबाट विभूषित हुनेमा काँग्रेस र माओवादी केन्द्रका जीवित तथा स्वर्गीय नेताहरू धेरै छन् । त्यस्तै सत्तारुढ गठबन्धनकै नेता नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका स्वर्गीय पिता मङ्गलप्रसाद उपाध्यायलाई प्रबल जनसेवाश्री पदकबाट विभूषित गरिएको छ ।

पदक वितरण सरकारले गरे सँगै आम सर्वसाधारण जनताले योग्य मान्छेलाई मात्र सम्मानित विभूषण दिनु पर्ने नेताका बाउ आमा भए बापत नेताको पत्नी छोरा छोरी भएबापत पदक वितरण गर्न नहुने बताउँदै सामाजिक सञ्जालमा विरोध जनाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा