आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

देउवा मध्यावधि चुनाव घोषणाको उत्तम साइत कुर्दै, प्रचण्ड लगायत नेताको हालत खराब


  • KTM Khabar
  • शुक्रबार, असोज १ २०७८
3.8K
SHARES

प्रधानमन्त्री तथा काँग्रेस पार्टी सभापति / शेर बहादुर देउवा

प्रचण्ड माधव नेपाल लगायत गठबन्धन नेताहरू अहिले चुनावमा जाने मानसिकता मा छैनन् । गठबन्धनलाई जोगाएर लैजाने रणनीतिमा रहेका गठबन्धनका नेताहरूलाई प्रधानमन्त्री तथा काँग्रेस पार्टी सभापति समेत रहेका शेर बहादुर देउवाले जनतामा गएर साइजमा ल्याउने उद्देश्य सहित अर्ली ईलेक्सन घोषणाको उत्तम साइत कुरेर बसेको राजनीतिक वृत्तमा व्यापक हल्ला चल्न सुरु भएको छ ।

प्रधानमन्त्री देउवाले मन्त्री परिसद बिस्तार गर्न समेत नसकी रहेको अवस्थामा आलोचना खेपीरहेको बेला चुनाव घोषण गर्न सक्ने आकलन बजारमा हल्ला मात्र नभएर सहि साबित हुन सक्ने देउवा निकट स्रोतको दाबी छ ।

प्रमुख प्रतिपक्षले संसद् बन्दी बनाउने र गठबन्धनका नेताहरूले देउवालाई प्रेसर दिइरहेको अबस्थामा जनतामा जानुनै उत्तम ठानेर देउवाले चुनाव घोषण गर्न सक्ने बताइएको छ।

काँग्रेस पार्टीका लागि पनि यो सुनौलो अवसर हुनसक्ने बताइँदै आएको छ । कम्युनिस्ट पार्टीहरू फुटेको अवस्थामै चुनावमा गईहाल्ने हो भने काँग्रेस एक नम्बर पार्टी भएर आउने र सरकार चलाउने दाउमा देउवा रहेको हुन सक्ने विशेष स्रोत बताउँछ ।

सत्तामा बसेको दुई महिनामै आलोचित भएको र अब लामो समय गठबन्धनका नेताहरुको प्रेसरलाई थेग्न नसकिने निचोडमा देउवा पुगी सकेको स्रोत बताउँछ ।

सभापति देउवालाई काँग्रेसका सिनियर नेताहरूले पनि त्यही सुझाव दिइरहेका स्रोतको दाबी छ । अर्ति इलेक्नसकै लागि उपयुक्त साइत हेर्नसमेत देउवाले ज्योतिषलाई भनिसकेकोसम्म हल्ला सुरु भएको छ ।

उता अहिल्यै चुनावमा जानका लागी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि तयार हुने अवस्था छ । एमाले चुनावमा जानकै लागि तयारी स्वरूप देश भर आमसभाहरू गर्दै हिँडिरहेको बुझेका देउवा लाई चुनाव घोषण गर्न सहज हुने बताइन्छ ।

अहिलेकै अवस्थामा चुनावमा जाँदा प्रचण्ड माधव नेपाल लगायत नेताहरूको हालत पत्ला हुने स्रोत बताउँछ । एमाले अध्यक्ष ओली पनि जनतामा गएर माधव नेपाल र प्रचण्डको सेखी झाने रणनीतिमा रहेको र कम्युनिस्ट फुटेको अवस्थामा काँग्रेसलाई चुनाव जित्न सहज हुने बुझेका देउवा चुनावमै जाने बताइँदै आइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा