शनिबार, साउन ९ २०८३
ताजा अपडेट

माधव नेपालले उद्‍घाटन गरे पार्टी केन्द्रीय कार्यालय, भाडा महिनाको तीन लाख


  • शुक्रबार, असोज १ २०७८
12.4K
SHARES

फाइल तस्विर

नेकपा (एकीकृत समाजवादी) को नयाँ पार्टी कार्यालय उद्‍घाटन गरिएको छ। अध्यक्ष माधवकुमार नेपाल शुक्रबार बिहान नयाँ बानेश्वरस्थित आलोकनगरमा उनले पार्टीको कार्यालयको उद्‌घाटन गरेका हुन्।

पार्टी कार्यालय सञ्चालनमा आएको अवसरमा अध्यक्ष नेपालले जनतालाई दशथरी कुरा गरेर नअल्मल्याउने पनि बताए। उनले राष्ट्र र जनता नै पार्टीका गतिविधिको केन्द्रमा रहने बताए।

‘कुनै पद प्राप्तिका लागि यो पार्टी गठन भएको होइन। देश र जनताप्रति समर्पित हुने हो। यही भावनाअनुसार अगाडि बढ्ने हो,’ अध्यक्ष नेपालले भने।

उनले सबै सकरात्मक शक्तिसँग पार्टीले हातेमालो गर्ने र पाँच दलीय गठबन्धनलाई चुनावसम्म नै लैजाने उनले बताए। एकीकृत समाजवादीको पार्टी कार्यालय रहेको घर तीन तले छ। अर्को निर्माणाधीन घर पनि भाडामा लिएइएको छ।

एकीकृत समाजवादीका नेता बेदुराम भुसालले पार्टी कार्यालयको मासिक भाडा तीन लाख रुपैयाँ रहेको जानकारी दिए। पार्टी कार्यालय रहेको घर पूजा थापा बस्नेतको नाममा छ। नेता भुषालले घरबेटी आफ्नो पार्टीनिकट नरहेको बताए।

‘पार्टीमा उहाँको संलग्नता थाहा छैन। हामीले भाडा तिर्ने सम्झौता गरेर पार्टी कार्यालय खोलेका हौं,’ भुसालले भने।

चार तले घरमा १२ वटा कोठा छन् भने अर्को घरको पहिलो तलामा तीन कोठा बनिसकेका छन्। माथिल्लो तलामा हल बनाउने काम भइरहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा