शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ओली भन्दा कडक शैलीमा संसद् विघटन गरेर चुनावमा जाने देउवाको तयारी


  • शुक्रबार, असोज १ २०७८
13.7K
SHARES

फाइल तस्विर

झन्डै दुई तिहाँइको नजिक रहेको केपी ओली सरकार ढली सकेपछि मुलुक एक हिसाबले अस्थिर भएको छ । मुलुकमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार छ । तर संसद् बन्धक बनेको छ । तत्कालीन नेकपा पुटेपछि राजनीतिक उतारचढाव देखिन्छ ।

तत्कालीन नेकपाबाट माओवादी केन्द्र अलग भएर प्रचण्ड नेतृत्वमा माओवादी केन्द्र छुट्टै भएको छ । एमाले पनि माधव नेपाल नेतृत्वमा फुटेर एकीकृत समाजवादी छुट्टै दल खडा भएको छ । माधव नेपाल प्रचण्ड लगायत नेताहरूको गठबन्धन सरकार छ । अहिले एमाले प्रमुख प्रतिपक्षको भूमिकामा रहेर संसदमा नाराबाजी गरेर संसद् चल्न दिएको छैन ।

गठबन्धन भित्र पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रचण्ड लगायत नेताहरूको प्रेसर भएको कारण देउवाले पुन ओलीकै शैलीमा चुनाव घोषणा गरेर जनतामा जाने मनसायमा रहेको जनाइँदै आएको छ ।

मुलुक गणतन्त्र र संघीयतामा गए यता पहिलो पटक बजेट होलिडे लागू भइसकेको छ । आफूले निष्कासन गरेका १४ जना सांसदलाई कारवाही नगरेर सभामुख अग्निप्रसाद सापकोटा नेकपा एमाले विभाजनको मतियार बनेको आरोप प्रमुख प्रतिपक्षी दलको छ ।

त्यही कारण प्रतिनिधि सभाको नवौँ अधिवेसन पहिलो दिनदेखि नै अवरुद्ध हुँदै आएको छ ।

संसद सुचारु गर्नका लागि एमालेको मात्र दुईटा माग छ । सभामुखले कि १४ जना सांसदलाई निष्कासन गरेको सूचना टाँस्नु पर्यो नत्र आफैँले मार्ग प्रसस्त गर्नु पर्यो । अन्यथा संसद चल्नै नदिने एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ बताउँछन् ।

संसद् पनि प्रतिपक्षले चल्न नदिने र गठबन्धनमा पनि शेरबहादुरलाई नेताहरूले प्रेसर दिने भएका कारण काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मूलकलाई फेरी ओलीकै शैलीमा मध्यावधि चुनाव गराउने देउवाको रणनीति रहेको आकलन गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा