शनिबार, साउन ३० २०८३
ताजा अपडेट

माओवादी केन्द्र नाम मात्रैको पार्टी हो, असली रूपमा त्यो प्रचण्ड गुटमा सीमित छ : ओली


  • बिहिबार, भाद्र ३१ २०७८
9.2K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्र कानुनी रुपमा नाम भएको तर त्यो प्रचण्ड गुटमा सीमित भएको टिप्पणी गरेका छन् ।

प्रचण्ड नेतृत्वको माओवादी केन्द्रका साथीहरू बहुसङ्ख्यक रूपमा एमालेमै रहेको बताउँदै माओवादी केन्द्र प्रचण्डले नेतृत्व गरेको प्रचण्ड गुट मात्र भएको जिकिर गरेका छन् । प्रचण्ड माधव नेपालले भ्रममा पारेर गएका साथीहरू पार्टीमा फर्कन समेत अनुरोध ओलीले अनुरोध गरेका छन् ।

प्रचण्ड र माधव नेपालले विकास विरोधी गतिविधि गरेकै कारण सरकारबाट बाहिरिनु परेको दाबी गर्दै एमाले मौरीको गोलो भएको र एमालेले मह उत्पादन गर्ने ओलीको जिकिर थियो । प्रचण्ड लगायतले झुटा कुरा गरेर बेइमान कुरा गरेर भ्रममा पारेर एमालेलाई केही बिगार्न सकिन्छ कि भन्ने लागेको बताउँदै प्रचण्डको पार्टी खिइँदै खिइँदै प्रचण्ड पथ सकिँदै गएको बताएका छन् ।

प्रचण्डको यात्रा अब खिइने सकिने बाहेक अरू केही नभएको समेत ओलीको दाबी छ । हिजो एकीकृत भएर काम गरी सकेको मान्छे फेरी प्रचण्डले झिनो गुट लिएर गएको ओलीको तर्क छ । अब प्रचण्ड बाट मुलुकले केही आस गर्न नसकिने ओलीको दबी छ ।

सबृद्द नेपाल सुखी नेपालीको चाहना एमालेले पुरा गरी छाड्ने उद्घोष ओलीले गरेका छन् । माधव नेपाल सँग दुई चार जना गएका होलान् तर एमालेलाई केही फरक पर्ने छैन भन्दै ओलीले कार्यकर्तालाई हामी अझै बलियो भएको सन्देश दिएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा