शनिबार, साउन ३० २०८३
ताजा अपडेट

विकासको लहर ल्याउन खोज्दा माधव-प्रचण्डले काम गर्न दिएनन् : ओली


  • बिहिबार, भाद्र ३१ २०७८
6.7K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी ओलीले विकासको लहर ल्याउन खोज्दा माधव प्रचण्डले काम गर्न नदिएको बताएका छन् । हिजो रुपन्देहीको कार्यक्रमलाई सम्बोधन गर्दै विकास निर्माणमा प्रचण्ड र माधव नेपाल बाधक बनेको ओलीको सङ्केत छ ।

पूर्वप्रधानमन्त्री ओलीले विकास विरोधी तत्त्वले आफनो सरकारलाई विस्थापित गरेको समेत बताए । उनले चुनावपछि एमाले सरकारमा आउने र विकासलाई निरन्तरता दिने बताए।

कम्युनिस्ट पार्टीका नाममा प्रधानमन्त्री बन्ने मौका पाएका झलनाथ खनाल, माधव नेपाल, प्रचण्डले विकास गर्न नसकेको उहाँले आरोप लगाए। ‘उनीहरूले गरेनन्, मैले काम गर्छु भन्दा दिएनन्’, ओलीले भने।

कार्यक्रममा पौडेलले आउँदो चुनावपछि एमाले पुनः सत्तामा जाने बताए । उनले एमालेबाहेक समृद्धिको खाका कसैले पनि कोर्न नसक्ने बताएका छन् ।

माधव नेपालले नेतृत्व गरेको पार्टीले देशभर एक सिट पनि जित्ने हैसियत नराख्ने नेता पौडेलको दाबी छ । पूर्वअर्थमन्त्री समेत रहनुभएका पौडेलले ओली सरकारले ल्याएको लोकप्रिय बजेटलाई प्रतिस्थापन गरेर वर्तमान सरकारले जनविरोधी काम गरेको दाबी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा