शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रचण्ड पापी अनुशासन हीन नेता हुन : टोपबहादुर


  • बुधबार, भाद्र ३० २०७८
10K
SHARES

फाइल तस्विर

पूर्व माओवादी तथा वर्तमान नेकपा एमालेका नेता टोपबहादुर रायमाझी विगतका आफ्नै पार्टीका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पापीको भन्दै अनुशासनहीन नेता भएको टिप्पणी गरेका छन् ।

प्रचण्ड अनुशासन हीन नेता भएको टिप्पणी गर्दै तत्कालीन प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको पुच्छर भएर हिँडेको उनको आरोप छ ।

देशको राजनीतिक स्थिरताका लागि केपी शर्मा ओली नै ५ वर्षका प्रधानमन्त्री हुनुपर्छ भनेर प्रस्ताव राख्ने अनि पछि केपी शर्मा ओली त कामै नलाग्ने, काम गर्न नसक्ने भनेर अनावश्यक आरोप प्रत्यारोप लगाउने गरियो ।

यो के सही हो ? के स्वास्र्थले ५ वर्षका लागि प्रधानमन्त्री भनियो ? के कारण स्थिरता भनियो ?,’ उनले भने, ‘पापी मनले उहाँलाई त्यस्तो गरिएको थियो । त्यसपछि उहाँलाई फेरि अपदस्थ गर्न खोजियो ।

नेता रायमाझीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर ताजा जनादेशमा जानु उत्तम भएको पनि बताएका छन् । तर, प्रचण्ड प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्न नसकेपछि संसद विघटन असफल भएको उनले बताए ।

उनले भने, ‘नयाँ ताजा जनादेशमा जानु उत्तम थियो, लोकतन्त्र थियो, जनताले फेरि जनादेश दिने अवस्था आउँथ्यो तर, पुच्छर बनेर हिँडेपछि काम गर्न दिइएन ।

संसद विघटन गर्दा अलोकतान्त्रिक भनियो । त्यसैले संसद विघटन गरेर चुनावमा जानु लोकतान्त्रिक र संसदको नयाँ अभ्यास हुने थियो । तर, आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि नबन्ने र संसद विघटन गर्न नदिने ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा