दसैंका लागि हवाई टिकट बुकिङ सुरु भएको छ। दसैं आउन केही दिन बाँकी भए पनि धमाधम बुकिङ सुरु भएको वायुसेवा कम्पनीहरुले जानकारी दिएका छन्।
दसैंकै लागि भनेर छुट्टै अग्रिम बुकिङ खुल्ला नगरिए पनि यो सिजनमा टिकट बुकिङ गर्ने यात्रुहरुको संख्या बढ्ने वायुसेवा कम्पनीहरुको भनाइ छ।
पछिल्लो समय उडान संख्या र जहाजसमेत थपिएकाले दसैंको अवधिमा टिकट नपाउने समस्या खासै नरहने बताईएको छ। बुद्ध एयरले दैनिक एकतर्फी ७० उडान भर्दै आएको छ।
बुद्ध एयरले काठमाडौं र पोखराबाट देशका विभिन्न गन्तव्य भरतपुर, भैरहवा, नेपालगन्ज, सिमरा, तुम्लिङटार, जनकपुर, विराटनगर लगायत स्थानमा उडान भर्दै आएको छ।
दसैंका लागि तुम्लिङटारको लगभग ९० प्रतिशत टिकट बुकिङ भइसकेको बुद्द एएरले जनाएको छ ।
अरु गन्तव्यको टिकट पनि बुकिङ भइरहेको छ। तुम्लिङटारमा उडान संख्या कम, माग बढी भएका कारण अभाव हुने देखिएको छ, ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।